नागरिकता विधेयक फिर्ता लिइदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । यसअघि बिहान ११ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *