प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् ।

आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *