प्रधानन्यायाधीश महाअभियोग सिफारिस समिति गठन, हेर्नुहोस् सुची

काठमाडौं ! आज बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव बहुमतले पारित गरेको छ। आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भनिएको उक्त प्रस्तावमा बहुमतले पारित भएको हो।

साेही क्रममा प्रतिनिधिसभाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ। उक्त महाअभियोग सिफारिस समितिमा एमालेबाट ४ जना, काङ्ग्रेस/माओवादी केन्द्रबाट २/२ जना, नेकपा एसबाट १ जना, लोसपा र जसपाबाट १/१ जना परेका छन्।

सूची हेर्नुहाेस्ः
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *