राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ लिदै

काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचितहरुको शपथ ग्रहण आज हुँदै छ । गत माघ १२ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत आएका १९ सदस्यले आज शपथ लिने तय भएको हो ।

शपथग्रहण कार्यक्रम आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा हुनेछ ।

राष्ट्रिय सभामा १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व देखिएको छ । जसमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट र नेकपा एकीकृत समाजवादीबाट ५–५ जना निर्वाचित भएका छन् । यसैगरी, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन् । १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *