५ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक : अर्को बैठक फागुन २२ मा बस्ने

काठमाडौं ! प्रतिनिधिसभाको बुधबारको बैठक पाँच मिनेटमै सकिएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।

त्यसलगत्तै बैठक स्थगित भएको थियो । त्यसपछि सभामुख सापकोटाले फागुन २२ गते आइतबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी स्थगित गरेका हुन् । बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७७/०७८ प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *