संसदको सम्भावित कार्यसूची सार्वजनिक : पर्यटनमन्त्री आलेले दुई विधेयक पेश गर्नुहुने

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

भोलि बुधबार दिउँसो १ बजे बैठकका लागि मंगलबार साँझ सार्वजनिक कार्यसूचीमा एउटा प्रतिवेदन र दुई वटा विधेयक पेश गर्ने उल्लेख छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत आवको राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *