संसद भवन अगाडि शंकास्पद बस्तु फेला

काठमाडौं ! नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (बम) फेला परेको छ।

प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *