एमालेको संसद अवरोधका बीच आजै अर्को बैठकद्रारा एमसिसी अनुमोदन गरिदै

काठमाडौं– प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

दोस्रो बैठक साढे ६ बजे बस्नेगरि स्थगित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आजै साढे ६ बजे बस्ने जानकारी दिए।

आजको बैठकमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा सांसदहरूले आफ्ना धारणा राखेका थिए।

उक्त छलफलमा एमालेले सदाझै नाराबाजी सहित नारा लगाएको थियो।एमालेले आफ्ना माग पूरा नहुदासम्म संसदीय कुनै प्रक्रियामा भाग नलिने जनाएको छ।

अब बस्ने अर्को बैठकले एमसिसी अनुमोदन गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *