आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा अमेििरकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने छ ।

आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउावले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन् ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो एक बजेका लागि सारिएको थियो । शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *