प्रतिनिधिसभा बैठक आइतबार सम्मलाई स्थगित

काठमाडौँ – शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन १५ गते आइतबार बस्ने गरी स्थगित भएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

अब अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजे बस्नेछ । यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *