माधव पक्षले मीठो खाना दिएर घरघरबाट मान्छे तानेर रिसोर्टमा थुन्योः अध्यक्ष ओली

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको बताउनु भएको छ। बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको समेत उहाले बताउनु भयो।

एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो। मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो।’

अध्यक्ष ओलीले अगाडि थप्नुभयो, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ। यो कुनै बैठक थिएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *