आज प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजे बस्ने पक्का भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने चर्चा रहेपनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने परेको छैन । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यव्यवस्था समितिको बैठक संसद बैठकअघि नै बोलाएका छन् । उक्त बैठकले एमसीसी टेबुल गर्नेबारे निर्णय गर्नसक्ने आकलन पनि गरिएको छ ।

त्यस्तै सत्ता गठबन्धनको बैठक पनि आजै बिहान १० बजे बस्ने भएको छ । सत्ता गठबन्धनले पनि एमसीसीबारे महत्वपूर्ण निर्णय गर्ने आशा गरिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने सम्भावित कार्यसूचीमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *