प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। दुई दिन बस्दै नबसी स्थगित भएको बैठक आजका लागि बोलाइएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँग सहमति नजुटेपछि बैठक आजका लागि सारिएको थियो। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेपछि सोमबार र मंगलबार दुवै दिन बैठक बस्न सकेन।

संसद सचिवालयका अनुसार बैठक बिहीबार  दिउँसो १ बजेका लागि बोलाइएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद बैठकमा अवरोध गर्दै आएका छन्। राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ।  संसदको अवरोध खुलाउन सभामुख देवराज  घिमिरेले सत्ता पक्ष र प्रतिपक्षीसँग मंगलबार र बुधबार छुट्टाछुट्टै छलफल गरेका थिए। गृहमन्त्रीको राजीनामाको विषयमा दलहरूले आ-आफ्नो अडान राखेपछि दुवै दिनको बैठक निष्कर्षविहीन भएका थिए।