तीनवटा समितिहरूको बैठक बस्दै

काठमाडौँ  संघीय संसदका तीनवटा समितिहरूको बैठक आज बस्ने भएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्य योजनाका बारेमा छलफल हुनेछ सचिवालयले जनाएको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइको छ । बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। यो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस गरिने भएको छ।