प्रतिनिधि सभाले ५ वटा विधेयक अघि बढाउँदै

काठमाडौ ! प्रतिनिधि सभाले आइतबार विभिन्न ५ वटा विधेयक अगाडि बढाउँदैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्दैछन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्दैछन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।