काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।
कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसै गरी, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि दिउँसो ३ बजे बोलाइको छ । बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ ।