प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  दिउँसो  १ बजे बस्नेछ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०-०८१’ पेस गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।