प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।

यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि पनि छलफल गर्ने र विधेयक पारित गर्ने कार्य सूची छ ।

संघीय संसदको सचिवालयले आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ ।

भ्रष्टाचार सम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी सम्बन्धी विधेयक गृहमन्त्रीले पेश गर्नु हुने सम्भावित कार्यसूचि सचिवालयले सार्वजनिक गरेको छ ।