पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं ! निरन्तर पहिरोका कारण बिहीवार दिउँसोबाट नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

बिहीवार दिउँसो १ बजेदेखी बन्द रहेको सडक अझै खुल्न सकेको छैन । शुक्रवार बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीवार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घण्टा लाग्ने बताए ।

शुक्रवार यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *