जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं ! वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग शनिवार रातिदेखि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।

यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन्
राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसीबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, ‘पहिरो पन्छाउन जेसीबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *