लगातारको बर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

 काठमाडौं ! हिजो देखि परेको लगातार बर्षाका कारण नारायणगढ- मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ।पहिरोका कारण दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।

सभ्यखबरको टिमले सम्पर्क गर्दा डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो, ‘थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।’ अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । त्यस खण्डमा सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।यसैगरी लगातार वर्षा हुदा देशका विभिन्न भागहरुमा सडक अवरुद्ध भैरहेको खबर सभ्यखबर डट कमलाई प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *