प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन

काठमाडौं ! नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन भएका छन्। हिजो सम्पन्न मञ्चको पाँचौ अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

उक्त अधिवेशनले राम घिमिरे, चीन नेपाली र बालगोपाल उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको छ।

त्यसैगरी मञ्चको सचिवमा प्रकाश पन्थी चयन भएका छन् भने उपसचिवमा हेमराज खनाल, होमनाथ निरौला र असिम कोइराला सर्वसम्मत भएका छन्। समितिको आर्थिक विभाग प्रमुखमा दिपक पहारी मनोनयन भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *