प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने सर्वसम्मत निर्वाचित

काठमाडौँ ! प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने निर्वाचित भएका छन् ।
संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको तेस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा  राजन भट्टराईको प्रमुख आतिथ्यता भएको थियो । यसैगरी अधिवेशनमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरीको उपस्थिति रहेको थियो  ।
अधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *