शंकर पोखरेलको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मन्च कतारको छैटौं अधिवेशन हुँदै

काठमाडौं ! प्रवासी नेपाली मञ्च कतारले छैटौं अधिवेशन आगामी अङ्ग्रेजी महिना जुलाईमा हुने भएको छ।
मुस्लिम समुदायको दोस्रो महान पर्व (ईद -उल अजहा) बिदाको अवसरमा ईदको दोस्रो दिन ११ जुलाई २०२२ का दिन ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक छैटौं अधिवेशन गर्न लागिएको हो।
अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का महासचिव शंकर पोखरेल प्रमुख अतिथि र प्रवास इन्चार्ज डा. राजन भट्टराई विशेष अतिथिको रुपमा कतार जान लाग्नु भएको मंचका अध्यक्ष चानक पोखरेलले बताउनु भयो।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा बौद्धिक नेताका रुपमा चिनिने पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलामा कतारमा रहेका थुप्रै नेपालीहरु सम्बोधन सुन्न उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानक पोखरेलले सभ्यखबरलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *