प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राप्त अक्सिजन प्लान्टको उद्घाटन

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका तर्फबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ ।

आज पोखरामा आयोजित एक कार्यक्रमका बीच पुर्वप्रधानमन्त्री ओलीले प्लान्टको उद्घाटन गर्नुभएको हो। कोभिडको दोस्रो लहरताका एमालेको प्रवास कमिटीले उक्त प्लान्ट उपलब्ध गराएको थियो। प्रवासी नेपाली मंच ,अन्तरास्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा प्रवासमा रहेका एमाले समर्थक व्यक्तित्वहरुले उक्त प्लान्ट खरिद गरि नेपाल पठाएका थिए।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *