काङ्ग्रेस महाधिवेशनमा ओली र प्रचण्ड बीच देखिएको त्यो हार्दिकता (तस्वीरमा हेर्नुहोस)

काठमाडौं । संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन तर उहाँहरु बीच लामो समयपछि आज एउटै मंचमा भेट भएको हो।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँहरुको भेट भयो,कार्यक्रममा उहाँहरु एउटै मञ्चमा बस्नुभयो । तर अध्यक्ष ओली र एमालेबाट बाहिरिएका माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गर्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा अध्यक्ष ओलीले ताली बजाउनु भएको देख्न सकिथ्यो, त्यस क्रममा उहाँहरु बीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उहाँहरुको संवाद भएको देख्न सकिथ्यो । प्रचण्डले शुभकामना सन्देश दिई सकेपछी अध्यक्ष ओलीको पालो थियो र त्यसबेला माधव नेपाल मंचबाट बाहिरिए भने प्रचण्ड केही समय बसेकापनि थिए।
हेर्नुहोस् थप तस्वीरहरु                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *