प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच आज भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार अध्यक्ष ओलीसँग निर्णायक वार्ता हुन लागेको हो।

बिहीबार साँझ सिंहदरवारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *