ओली-प्रचण्ड भेटघाटको निष्कर्ष : राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवार नै राष्ट्रिय उम्मेदवार

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बिहान भएको भेटवार्तामा राजनैतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ।

‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौं’, प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा भन्नुभयो।

उक्त भेटमा एमाले अध्यक्ष ओलीले दाहाललाई प्रधानमन्त्री बनाउने बेला बनेको सहमतिबाट दायाँबायाँ नहट्ने अडान राख्नु भएको थियो। अध्यक्ष ओलीले देश र दुनियालाई साक्षि राखेर गरिएको सहमति अनुरुप एमालेले आगामी राष्ट्रपति निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार उठाउने उल्लेख गर्नुभयो। उक्त भेटमा प्रधानमन्त्री प्रचण्डपनि आफू सहमतिकै पक्षमा र वर्तमान गठबन्धन जोगाउने पक्षमै रहेको बताउनु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *