प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता : यस्तो बन्यो सहमति

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा सहमति जुटाउन र सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको र बाहिर आएका गठबन्धन सम्बन्धि सबै भ्रमहरु विरुद्ध एकजुट भएर जाने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *