प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता : सरकारलाई पुर्णता दिनेबारे छलफल

काठमाडौं ! प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ । यो वार्ताबाट प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच सहमति निकालेर सत्ता गठबन्धनको बैठक बोलाउने तयारी रहेको स्रोतले जनाएको छ। सो सहमतिपछि सम्भवतः भोली आइतबार नत्र सोमबारसम्ममा बिस्तारको काम टुंगो लगाउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *