एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा : मन्त्रिपरिषद्लाई छिट्टै पुर्णता दिइने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न बुधबार साँझ प्रचण्ड बालकोट पुग्नु भएको छ।

उक्त भेटमा दुई नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको स्रोतले जनाएको छ। दुबै नेताहरु आगामी शुक्रबारसम्ममा मन्त्रिपरिषद्लाई पुर्णता दिनेमा सहमत रहेको जनाइएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबारमात्र संसदबाट विश्वासको मत लिनुभएको छ। सातै प्रदेशमा मुख्यमन्त्री समेत नियुक्त भैसकेपछि सत्ता गठबन्धनको ध्यान अब मन्त्रिपरिषद् विस्तारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *