एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता : यी बिसयमा भए छलफल

काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न  बालुवाटार पुग्नुभएको छ।

आज शुक्रबार बिहान अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच  शक्ति बाँडफाँड र समसामयीक राजनीतिक विषयवस्तुका विषयमा छलफल भएको बताइएको छ ।

बिहीबार मात्रै सत्ता साझेदार सात दलको बैठक बसेर पाँच दिन भित्र सरकारको न्यूनतमा साझा कार्यक्रमको ड्राफ्ट तयार गर्ने सहमति भएको थियो । सो साझा कार्यक्रम तय गर्ने कार्यदलको संयोजकको जिम्मेवारी एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले पाउनु भएको छ।

त्यस्तै बिहीबार नै गठबन्धनले राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाइएको छ । जसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *