आजबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं ! आज देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । हिउँदमा दिनहरू पनि छोटो हुने र जाडोयामसमेत भएकाले सरकारले कात्तिक १५ देखि माघ १५ सम्म सरकारी कार्यालयको कार्यालय समय एक घण्टा कम हुने प्रावधान गर्ने गरेको हो ।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।