चार न्यायाधीशको सरुवा

काठमाडौं ! न्याय परिषद्ले चारजना न्यायाधीशको सरुवा गरेको छ। बिहीबार बसेको न्याय परिषद् बैठकले जिल्ला अदालतका दुई र उच्च अदालतका दुई जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई जिल्ला अदालत भक्तपुरमा सरुवा गरेको छ। त्यस्तै जिल्ला अदालत रौतहटकी न्यायाधीश पूर्णिमा कोइरालाको जिल्ला अदालत मकवानपुरमा सरुवा भएको छ।

यस्तै उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज सरुवा गर्ने निर्णय भएको छ।

उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बरालको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा सरुवा गरिएको छ।

बिहीबार बसेको बैठकले जिल्ला न्यायाधीश नियुक्तीका लागि १० जनाको नाम पनि सिफारिस गरेको छ।