नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ८० करोड

काठमाडौं !नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को  चौथो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको कुल आय १.११ प्रतिशतले बढेको छ  ।

गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कम्पनीको कुल आय रु. ४४ अर्व ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजार (अर्थात् १.११ प्रतिशत ) ले वृद्धि भई रु. ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार पुगेको छ।

गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्व ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व. को सोहि अवधि (२०८० आषाढ मसान्त) सम्ममा  रु १ अर्व ११ करोड ५८ लाख ५८ हजार (अर्थात, २.९४ प्रतिशत) ले कमी भई रु ३६ अर्व ८० करोड ३९ लाख ३० हजार रहेको छ।

गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा रु ८ अर्व ४७ करोड ७ लाख ३३ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्म (२०८० आषाढ मसान्त) मा रु. ६६ करोड ६२ लाख ७ हजार (अर्थात, ७.८६ प्रतिशत) ले कमि आई  रु ७ अर्व ८० करोड ४५ लाख २६ हजार रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष रु. ४३.३६ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *