भोलिबाट थप आठ स्थानबाट ई–सिम वितरण गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि विभिन्न आठ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ ।

भोलिदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरू नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरूसहित ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम ई–सिम वितरण गरिने टेलिकमले जनाएको छ ।

टेलिकमले पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान अनुरोध गरेको छ ।

“मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ,” टेलिकमले भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *