आज दिनभर नेपाल टेलिकमको कल निःशुल्क, सेवा सुचारु गर्न यसो गर्नुहोस्

काठमाडौं ! नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् । आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी यो अफर सञ्चालनमा ल्याएको हो ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ । साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी  डेटा प्याक अफर पनि ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *