काठमाडौं ! गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीलाई भेट गरिएको छ । भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको छ । अध्यक्ष डा बद्री केसीले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताउनुभयो । जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गर्नुभयो । लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।
सो अवसरमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।