एनआरएनएद्वारा धार्मिक एवम् पर्यटकीय स्थल लुम्बिनीको भ्रमण

काठमाडौं ! गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री के. सी. उपाध्यक्ष रोजिना प्रधान राई, उप महासचिव सोम सापकोटा, महिला सचिव राधिका गुरुङ (टिका), केन्द्रीय सल्लाहाकार टीबी कार्की साथै युरोपका पुर्व संयोजक सन्तोष भट्टराई, ट्रायाभिलिटी कर्पोरेशन अमेरिकाका संस्थापक आर्यन बास्तोला, प्रतिक्षा केसीले विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल धार्मिक एवम् पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।

यसै क्रममा रसीयाबाट बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भैरहेको रसियन बुद्ध बिहारको निर्माण कार्य निरिक्षण अवलोकन गर्नु निर्माण कार्यको प्रगति र अवस्थाको बारेमा अध्यक्ष डा. बद्री के. सी. लगायतले जानकारी लिनु मार्गनिर्देश गर्नुभएको थियो ।

यसै क्रममा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासका लागि एवम् विश्व शान्तिका लागी बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवम् सहजीकरणका लागी उपमहासचिव सोम सापकोटाज्युलाई अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनयन गरी पत्र हस्तान्तरण गरिएको थियो।