एनआरएनए अध्यक्ष केसीले मनोनीत गरे २१ जना केन्द्रीय सदस्य र २१ जना सल्लाहकार

काठमाडौं ! गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय समन्वय परिषद बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु, सल्लाहकारहरु, अनुशासन समिति र विधान समितिमा मनोनित गरेको हो । संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।

मनोनित हुनेहरुमा चिरन शर्मा (यूके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजराइल), डा सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा. मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य .(अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहेका छन् ।

यस्तै, संघको सल्लाहकारमा २१ जनालाई मनोनयन गरिएको छ । अतुल कोईराला (नेपाल), ओम गुरुङ (जापान), चिरञ्जीबी ढकाल (यूके), डा. देवी वस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ने (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हिराधन राई (यूके), संजय थापा (अमेरिका), शिव वरुवाल (बेल्जियम), टिबी कार्की (कतार), कलममणी गुरागाई (कतार), होमनाथ शर्मा (कतार), रमेश पाण्डे (अष्ट्रेलिया), डा. सन्जिव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) रहेका छन् ।

वैठकले अष्ट्रेलिया क्षेत्रीय युवा उपसंयोजकमा दिपेन्द्र हमाल र युरोप क्षेत्रीय उपसंयोजक प्रकाश दंगलाई मनोनित गरेको छ ।

बैठकले अनुशासन समितिको संयोजकमा संघका पूर्व महासचिव रतन झा (अमेरिका)लाई चयन गरेको छ ।