एनआरएनए ११ औं महाधिवेशन : युरोप क्षेत्रिय उपसंयोजक पदमा जित्नै पर्ने उम्मेदवार लिम्बु

काठमाडौं ! एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा पोर्चुगललाई कर्मथलो बनाएर बसेका रोबोट लिम्बुले युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार लिम्बुले लामो समयदेखि व्यवसायमा आवद्द रहि सामाजिक सेवाहरुपनि गर्दै आएका छन्। उनले ११ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणासँगै आफ्नो परिचय र प्रतिवद्दताहरुपनि फेसबुकमा सार्वजनिक गरेका छन् । युरोप उपसंयोजक पदका उम्मेदवार लिम्बुले सार्वजनिक गरेको प्रतिवद्दताहरु यस्तो छ;-

म एकदसक भन्दा बढी समयदेखि पोर्चुगललाई कर्मथलो बनाई रेस्टुरेन्ट र हस्पिटालिटी व्यवसायमा आवद्ध छु साथै हाल युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारधि पनि गरिरहेको छु । गैरआवासीय नेपाली संघको अभियानमा एकदसकबाट सक्रियतापूर्वक विभिन्न समयमा संघको नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको कुरा यहाँहरु सबैमा निवेदन गर्न चाहन्छु ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, संरक्षक, सल्लाहकार, सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उपसंयोजक (YDRC) को रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु। आगामी दिनमा “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मुल उदेश्यलाई आत्मसात गर्दै दोश्रो पुस्तालाई यो अभियानमा जोड्ने, नेपालसंग अभिछिन्न साइनो कायम गर्ने, बंशजको नागरिकताको निरन्तरता मात्र एक विकल्प हो भन्ने यथार्थलाई बोध गर्दै नागरिकताको निरन्तरताको लागि निरन्तर पहलकदमी तथा अभियान बुलन्द गर्ने र यहाँहरुको विश्वास मायालाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था तथा पदले दिएको जिम्मेवारी र समाजप्रतिको मेरो आफ्नो कर्तव्यलाई मनन गर्दै अनवरत रुपमा सामाजिक अभियानमा क्रियाशील हुने प्रतिवद्दता व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघ र हाम्रो समुदाय तथा मातृभूमिप्रति केही योगदान दिने सदिक्षा राखी आगामी महाधिवेशन २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजक(DRC) पदमा उम्मेदवारी दिने कुरा यहाँहरु सबैमा विनम्र जानकारी गराउन चाहन्छु । सम्पूर्ण अग्रज,अभियान्ता महानुभावज्यूहरु,सहकर्मी तथा शुभचिन्तक साथीहरु, युरोप क्षेत्रको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका साथीहरु र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु, पत्रकार मित्रहरुमा साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन विनम्र निवेदन गर्दछु ।

मेरो प्रतिबद्दताहरु
1 सुरक्षित ,ब्यबस्थित र मर्यादित बैदेशिक रोजगारी को लागि
बैदेशिक रोगरिमा जाने हरुको लागि अभिमुखीकरण तालिम संचालन गर्न ,नेपाली को उल्लेख्य उपस्थिति भएको युरोप को देश हरु संग श्रम सम्झौता गर्न नेपाल सरकार संग सहकार्य गर्ने ,युरोपको श्रम बजार मा रहेको श्रमिक हरुलाई सामाजिक सुरक्षा कोष मा तथा पेन्सन फन्ड मा सहभागी गराउन को लागि नेपाल सरकार कुतिनितिक नियोग र दुताबास संग पहलकदमी लिई सहकार्य गर्ने

2 संस्थागत पुर्नसंरचना र सुदृधिकरण को लागि युरोप क्षेत्रको क्षेत्रीय संरचना निर्माण गर्ने र प्रबिधि मैत्री कार्यक्रम तथा सदस्यता वितरण प्रणाली लागु गर्ने

3 ज्ञान शिप र प्रबिधि सहित को एनआरएनए निर्माण को लागि यूरोपमा एनआरएनए पेशागत र प्राज्ञिक एकै निर्माण गर्ने

4 गैर आवासीय हक र अधिकार को सन्दर्भमा बिदेशमा बस्ने बस्ने नेपालीहरुलाई राजनीतिक अधिकार सहित को विदेश बाट मतदान गर्न व्यवस्था मिलाउन पहल गर्ने तथा गैराअवसिय नेपाली नागरिकता को प्राप्ति को प्रकिया लाइ सहज बनाउने

5 युवा महिला र दोश्रो पुस्तलाइ नेपाल संग जोड्न बिसेष प्रोत्साहन गरि अधिकतम सहभागी गर्न बिशेष पहल गर्ने

६ युरोप क्षेत्रमा नेपाली समुदायको हित को लागि विभिन्न राष्ट्रिय ,अन्तरास्ट्रिय संस्था हरु संघ सहकार्य गरि बिभिन कार्यक्रम हरु गर्ने

रोबोट लिम्बू
युरोप उपसंयोजक(DRC) पदको उम्मेदवार (२०२३-२५)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद ।
whatsapp :-351 924736829
Email :- roborove@yahoo.com

हाल :
युवा उपसंयोजक युरोप(२०२१- २०२३)

पूरा गरिसकेका जिम्मेवारीहरु :

सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स (२०१९-२०२१)

सल्लाहकार(२०१९-२०२१)
गैरआवासीय नेपाली संघ पोर्चुगल

संरक्षक(२०१७-२०१९)
गैरआवासीय नेपाली संघ पोर्चुगल

सदस्य (२०१५-२०१७)
गैरआवासीय नेपाली संघ पोर्चुगल
(रोबोट लिम्बुको फेसबुकबाट साभार)