एनआरएनए ११ औं महाधिवेशन : यस्तो छ उपमहासचिव पदका उम्मेदवार भट्टराईलाई जिताउनै पर्ने कारण

काठमाडौं ! गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिको आशन्न ११औं विश्व सम्मेलनमा आगामी कार्यकालका लागि जर्मनीलाई कर्मथलो बनाएर व्यवसायिक एवं सामाजिक काममा लागेका एनआरएनए अभियान्ता सन्तोष कुमार भट्टराईले उपमहासचिवमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। भट्टराईले सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमहासचिवका उम्मेदवार भट्टराई लामो समयदेखि जर्मनीमा होटल व्यवसायमा आवद्ध छन् । व्यवसायसंगै सामाजिक सेवामा आवद्ध भट्टराई हाल एनआरएनएको युरोप संयोजक छन् । भट्टराईले आफू यस अभियानमा सधै सेवाको भावले लागेकोले आगामी दिनमा पनि सोही भावनालाई लिएर अघि बढ्ने प्रतिवद्दता जाहेर गरेका छन् । भट्टराई एनआरएनए अभियानमा अभियान्ताका रुपले विश्वभरी परिचित छन् । हाल निर्वाचनका लागि काठमाडौंमा रहेका भट्टराईले विश्वभरीबाट आएका प्रतिनिधिहरुसंग भेटघाट र परामर्श गरिरहेका छन्।

एनआरएनएलाई सामाजिक सेवामा अझ कटिबद्द बनाउन भट्टराई जस्ता लामो समयदेखि प्रवासमा रहेर नेपालीहरुप्रति सेवा गरिरहने,देशमा लगानीको वातावरण बनाउनलाई अभियान चलाउने सामाजिक व्यक्तिलाई जिताउनुपर्ने अधिकांश प्रतिनिधिहरुको राय छ।

एनआरएनएको ११ औं विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।