एनआरएनए ११ औं महाधिवेशन : यस्तो छ डा. विनोद श्रेष्ठलाई उपाध्यक्ष पदमा जिताउनै पर्ने कारण

काठमाडौं ! गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न ११ औं महाधिवेशनमा अष्ट्रेलियाका डा. विनोद श्रेष्ठले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले सोमबार काठमाडौंमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लामो समय सामाजिक कामहरुमा आवद्ध श्रेष्ठ बिश्वभरीका नेपालीहरुसँग परिचित छन् । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन  मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। डा.विनोद श्रेष्ठलाई उपाध्यक्ष पदमा अत्याधिक मतले विजयी बनाउन उनका शुभेच्छुकहरुले सामाजिक संजालमा अभियान चलाइरहेका छन् । यसैबिच बेलायत बस्ने भक्त गुरुङले डा.श्रेष्ठलाई जिताउनै पर्ने कारण यसरी प्रष्ट्याएका छन्-

डा. बिनोद श्रेष्ठ – पेशाले सिभिल इन्जिनियर, प्रमाणपत्र तहदेखि पिएचडीसम्म ईन्जिनियरिङ नै पढ्नुभयो, अष्ट्रेलियामा डेढ दशक ईन्जिनियर प्राक्टिस गर्नुभयो, र एक सफल दक्ष, बिज्ञ र बिशेषज्ञ बन्नुभयो । वहाॅ एनआरएनएसंगै यता हामीसंग प्रवासी नेपाली मञ्चका कामहरु हेरिराख्नुभएको थियो, उता एनआरएनएका साथीहरुले वहाॅ जस्तो बिशेषज्ञ त हामीलाई चाहिन्छ भनेर तानेर लैजानुभयो । साथीहरुको यो रोजाईसंग म पनि सहमत छु । किनकी नेपालको समृद्धि र विकास आजको आवश्यकता हो । नेपालमा अधिकारको आन्दोलन सकियो, अब देश बनाउने महान काममा हामी जुट्नु छ;  जसको लागी ईन्जिनियर डा बिनोद श्रेष्ठजी जस्ता डायसपोराका हजारौं बिशेषज्ञहरुलाई नेपालको समृद्धिमा जोड्नुपर्ने छ । चीनको समृद्धि डायसपोराको चिनीयाँ बिशेषज्ञ र पुॅजीले सम्भव बनाए; नवभारतको निर्माण डायसपोराका भारतीय बिशेषज्ञ र पुॅजीबाट भयो; अब नेपालको पालो छ; त्यस्को अगुवाई डा बिनोदले एनआरएनएबाट गर्नुहुनेछ । वहाँलाई उपाध्यक्षमा हामी सबैले भोट दिएर जिताऊॅ, काम देखाउने जिम्मा वहाॅको, अब यसै गरौं, अबको दश वर्षमा नयाॅ नेपाल बनाउने जिम्मा तपाई हाम्रो । बिनोदजीलाई उपाध्यक्षमा मतदान गरी विजयी गराइदिनुहुन सबै प्रतिनिधि साथीहरुमा सादर अनुरोध गर्दछु।