एनआरएनए ११ औं महाधिवेशन : उपाध्यक्षका उम्मेदवार चिरञ्जीवी घिमिरेका यस्ता छन् एजेण्डाहरु

काठमाडौं ! गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि ११ औं महाधिवेशनका कार्यक्रमहरु चलिरहेका छन् । उक्त महाधिवेशनमा क्यानडालाई कर्मथलो बनाएका एनआरएनए अभियान्ता चिरञ्जीवी घिमिरेले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। घिमिरे लामो समयदेखि क्यानडामा व्यवसायका साथै सामाजिक सेवामा आवद्ध छन्। लामो समयबाट एनआरएनए अभियानमा जोडिएर बिश्वभरीका नेपालीमाझ परिचित घिमिरेले आगामी कार्यकाल(२०२३-२०२५) का लागि आफ्नो उम्मेदवारी घोषणाका साथै केही आफ्ना प्रतिवद्दताहरु सार्वजनिक गरेका छन् । घिमिरेका आफ्ना प्रतिवद्दताहरु उनकै फेसबुकबाट साभार गरिएको छ। यस्ता छन् उनका प्रतिवद्दताहरु;-

यहि अक्टोवर १७-१९ मा हुने एनआरएनएको एघारौ महाधिवेशनमा कार्ययोजना सहित अब आउने कार्यकाल २०२३-२०२५ को लागी मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छुँ ।गैर आवासीय नेपाली संघभित्र केहि बर्षदेखि देखिएको बिभिन्न चुनौतिहरु र विभाजनलाई मिलाउदै NRNA लाई सस्थागत रुपान्तरण गरि सबैको साझा घर बनाउने वातावरणको निर्माण गर्ने हाम्रो प्रतिबद्दता रहेको छ। एनआरएनए आइसीसीको २०२१-२०२३ को कार्यकालमा सचिवको ज़िम्मेवारी निर्वाह गर्दा एकता, सहमति र सहकार्यको लागि भूमिका निर्वाह गरेको कुरा अवगत छदैछ। आसन्न निर्वाचनमा तपाईहरुले अत्याधिक मत दिई मलाई उपाध्यक्ष पदमा बिजयी गराउनु हुन विनम्र अनुरोध।

अवका मुख्य मुद्दाहरु ;

-वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता

-सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी

-पुस्तान्तरण केन्द्रित एनआरएनए
-वैदेशिक सिप ज्ञान तथा नेपालमा सामूहिक लगानी

-नेपालमा पर्यटन बिकास
नेपाली कला संस्कृतिको प्रबर्धन

-गैर आवासीय नेपाली संघका सबै सदस्यहरु प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चता

कृतज्ञता सहित धन्यवाद,

चिरञ्जीवी घिमिरे
उपाध्यक्ष पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ