गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ हुँदै

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ गर्दैछन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान  नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।