एनआरएनए ११ औं महाधिवेशन : अस्ट्रेलियाका विनोद श्रेष्ठद्वारा उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं ! गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न ११ औं महाधिवेशनमा अष्ट्रेलियाका डा. विनोद श्रेष्ठले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले आज सोमबार काठमाडौंमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लामो समय सामाजिक कामहरुमा आवद्ध श्रेष्ठ बिश्वभरीका नेपालीहरुसँग परिचित छन् । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन भोलि मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ। आफ्नो उम्मेदवारी दर्ता गराएसँगै श्रेष्ठले आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छ :-

आदरणीय NRNA प्रतिनिधिज्युहरु
आज विहान गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न ११ औं अधिवेशनमा उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरें।
हजुरको साथ, सहयोग र समर्थन नै मेरो जितको एक मात्र आधार हो।
हजुरको अमुल्य मत पाउने विश्वास छ, साथै मलाई विजयी गराउन आफ्नो नेटवर्क मार्फत सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद!
डा. विनोद श्रेष्ठ
FIEAust CPEng NER RPEQ APEC Engineer IntPE(Aus)
PhD MSc MA(RD) BE (Civil)
उपाध्यक्ष पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ