एनआरएनए ११औं अन्तर्राष्ट्रिय महाधिवेशन : राजेन्द्र पुडासैनीद्वारा सचिव पदमा उम्मेदवारी दर्ता

काठमाडौं ! एनआरएनएको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। उक्त महाधिवेशनमा बेलायत बस्ने राजेन्द्र पुडासैनीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । बेलायतमा बसेर व्यवसायका साथै सामाजिक सेवाहरुमा आवद्ध पुडासैनीको यस्तो छ ईतिहास- (सचिवका उम्मेदवार पुडासैनीको फेसबुकबाट साभार)

परिचय

नुवाकोट जिल्लामा जन्मेर विगत २२ वर्षदेखि सपरिवार बेलायतमा बसोबास गरीरहेको छु। एनआरएनए-युकेको स्थापना कालदेखि सक्रिय र विभिन्न समयमा सल्लाहकार। २०२१-२३ को ICC सदस्य। ‘यति नेपाली एसोसिएसन युके’को दुई कार्यकाल महासचिव (२००४-२००६, २००६-२००८)। सिनियर स्वास्थ्यकर्मीका रूपमा बेलायतमा कार्यरत। भूकम्प र कोभिड कालमा नेपालमा उल्लेखनीय योगदान। बेलायतको ट्रेड युनियन गतिविधिमा सक्रिय सहभागिता र कार्यक्षेत्रमा भएका समस्याका लागि स्वयंसेवा र सहजकर्ता। समाज परिवर्तनमा लामो समयदेखि सक्रिय।

योजना

NRNA मार्फत धेरै राम्रा काम भएका छन्। बेलाबेला नेतृत्वका लागि हुने गरेको अस्वस्थ, पद प्राप्तिका अप्रिय प्रतिस्पर्धाहरूका कारण यसको इमेजमा धक्का पुगेको छ। अतः यसको इमेज सुधारी संस्थाको रिब्रान्डिङ गर्ने। वृहत् राष्ट्रियता (Extented Nationalism) को प्रमोट गर्ने। विदेशमा रहेका सबै नेपालीबीच संस्थालाई पुर्‍याउने। अधिकतम ‘एकेडेमिक’ व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने। संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने। महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने। एनआरएनलाई खास गरी जलस्रोत र पर्यटनमार्फत नेपाल बदल्ने अभियान बनाउने। रेमिट्यान्स कानुनी तरिकाले लैजानुपर्छ भन्नेमा जोड दिने। Grassroot को कुरा सुन्ने, Grassroot सम्म पुग्ने।

अपिल

६ जना निर्वाचित हुने सचिव पदमा मलाई पनि १ भोट दिनुहुन सादर अनुरोध छ। ४२ सय ६० प्रतिनिधिसम्म म पुग्न नसकेको हुनसक्छु। सबैमाझ मेरो आह्वान पुर्‍याइदिनुहुन समेत अनुरोध गर्दछु। जय मातृभूमि। जय एनआरएन अभियान।