एनआरएनए उपाध्यक्षका लागि बेलायतका सिम्खडाको उम्मेदवारी घोषणा

काठमाडौं ! बेलायतलाई कर्मथलो बनाएर सामाजिक सेवामा अग्रणी भुमिकामा रहेका समाजसेवी एवं एनआरएनए अभियान्ता रामशरण सिम्खडाले एनआरएनएको आगामी कार्यकाल(सन् २०२३-२०२५) का लागि एनआरएनए आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा बसेर लामो समय नेपालीभाषीहरुको सेवामा लागेका सिम्खडा एनआरएनएको विभिन्न पदहरु सम्हालेर हाल उपमहासचिवको जिम्मेवारीमा छन् ।

आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सिम्खडाले आफ्ना आगामी कार्ययोजनासहित सामाजिक संजालमार्फत उम्मेदवारी प्रस्तुत गरेका हुन् । एनआरएनएको एघारौं महाधिवेशन यहि अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ।

उनको उम्मेदवारी घोषणासहित प्रतिबद्धताहरु यस्ता छन्;-

यस कारण पनि मेरो उम्मेदवारीः

“एउटी वृद्ध महिलाले संसद भवन अगाडि पण्डित नेहरूको कठालो समात्दै सोधिन् – भारत स्वतन्त्र भयो, तिमी प्रधानमन्त्री भयौ तर म बुढीले के पाएँ ?
नेहरूले हाँस्दै भने – आमा, तपाईंलाई यसरी देशको प्रमको कठालो समाएर प्रश्नगर्ने हक त मिल्यो नि, होइन ?”

थुप्रै साथीसंगीसंग एन आए एन को आगामी निर्वाचनमा … मा उठ्ने सोच बनाए, सहयोग गर्नु पर्यो भन्दा ठ्याक्कै नेहरूको झै कठालो चै समाउनु भा’छैन तर त्यो भन्दा जोडले नैतिक प्रश्न गर्ने गर्नु हुन्छ “.. कति जना अध्यक्ष, … जना महासचिब र ६ जना उपमहासचिब बनायौ – हामीले जनमानसलाई के जवाफ दिने” ? लाज पचाई फिस्स हांस्दै जवाफ दिने गर्छु “संस्था शिर देखी तिरसम्म दुईचिरा हुन नदिन पनि यो अप्रिय निर्णय एक पटक को लागी मात्र गर्नु पर्यो – अब यसो हुंदैन” !

पुनः बिभिन्न बहानामा, शक्तिकेन्द्रहरूको रूचि र हस्तक्षेप को कारण यसो हुन नदिन पनि मेरो उम्मेदवारी हो। पुनः यसो गर्ने-गराउने प्रयास कहि कतैबाट भए पहिलो बिद्रोह म बाट हुने प्रण समेत गर्दछु।

हरी ॐ तत्सत्