एनआरएनएको ११ औँ विश्व सम्मेलन असोज ३० गतेदेखि काठमाडौँमा हुने

काठमाडौं ! गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन असोज अन्तिममा काठमाडौँमा हुने भएको छ । एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको हो ।

महाधिवेशनमार्फत एनआरएनएले नयाँ नेतृत्व पाउनेछ ।

विश्व  सम्मेलन तथा महाधिवेशनका लागि विश्वका ५९ राष्ट्रमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् निर्वाचन सम्पन्न भइसकेका छन् ।

१० अगष्टदेखि २० अगष्टसम्म अनलाइनमार्फत महाधिवेशन प्रतिनिधि दर्ता गरिसक्नुपर्नेछ । प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ मा प्रकाशन गरिने छ ।

सम्मेलनमा ४ हजार बढी मानिसहरुको सहभागिता रहने बताइएको छ ।

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले २० वर्ष पूरा भएको छ । हाल ८७ मुलुकमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् स्थापना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *