एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं ! एनआरएनए यूकेको जुलाई २२ तारिख हुने निर्वाचनमा दिनेश घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ।
घिमिरेले शनिवार निर्वाचन समितिको पूर्वतालिका अनुसार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँ हाल एनआरएनएको केन्द्रीय सदस्य पनि हुनुहुन्छ।
एनआरएनए यूकेको निर्वाचन समितिले आज ३ बजे सम्म आफ्नो उम्मेदवारी दिर्ता गर्न समय दिएकोछ । उम्मेदवार घिमिरे लामो समयदेखि बेलायतमा सामाजिक सेवामा हुनुहुन्छ। उहाँले एनआरएनए लगायत अन्य नेपाली संघसंस्थाहरुमा आवद्ध भएर नेपाली समुदायका लागि सामाजिक कार्यहरु गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *